+
Search

ताजा अपडेट +

पपुलर +

विदुर नगरपालिकाले बेरुजु अनियमित रहेको शिर्षक फछर्यौट गर्ने

Bidur Municipality to clear title of Beruju as it is illegal
डबली खबर
१ साल अगाडी

२८ चैत, नुवाकोट । विदुर नगरपालिकाले बेरुजुमध्ये अनियमित रहेको शिर्षक फछर्यौट गर्न मिल्ने रकम महालेखा नियन्त्रकको कार्यालयमा बेरुजु लगतकट्टाको लागि पेश गर्ने भएको छ ।

बिहीबार भएको १६औँ नगरसभाले यसअघि नगरपालिकाको नाममा रहेको बेरुजु मध्ये अनियमित रहेको अर्थात् आवश्यक कानुनी कागजातसहित प्रमाण पेश गरेर प्रष्टिकरणसहित फछर्यौट गर्न मिल्ने १० करोड पाँच लाख ९३ हजार ६६ रुपैयाँ महालेखामा बेरुजु लगतकट्टाको लागि पेश गरिने निर्णय पारित गरेको हो ।

नगरपालिकाले लगती बेरुजु अन्तर्गत नियमित गर्नुपर्ने बेरुजुको लगत कट्टाको लागि महालेखा नियन्त्रकमा फछर्यौटको लागि पेश गर्ने सर्वसम्मत पारित गरेको छ ।

नगरपालिकाले नगरसभाबाट चालु आर्थिक वर्षमा दुई करोड ३७ लाख ८० हजार बराबरको बजेट रकमान्तर गरेको छ । गैरसरकारी संस्थाको सहकार्यमा साक्षारता कार्यक्रम, कर्मचारी पोशाक, प्रशासकीय भवन निर्माण लगायतका २९ शिर्षकको बजेट भैरवी मन्दिर अक्षयकोष स्थापना, ड्रोन क्यामेरा खरीद, करदाता सम्मान, कर्मचारी प्रोत्साहन पुरस्कार गरी २८ शिर्षकमा बजेट रकमान्तर गरेको छ ।

यसैगरी नगरले कुल विनियोजन गरिएको बजेटको ४८.८९ प्रतिशत मात्र खर्च गरेको छ । नगरले विनियोजित बजेटमध्ये ५४ करोड ५३ लाख २३ हजार ११५ रुपैँया खर्च गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ