+
Search

ताजा अपडेट +

पपुलर +

नि:शुल्क १० हजार लिटर खानेपानी सुनिश्चितको लागि मेयरलाई पत्र

bidur drinking water consumer society lettering to mayor
डबली खबर
१ साल अगाडी

२८ चैत, नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नि:शुल्क १० हजार लिटर खानेपानी सुनिश्चितको लागि विदुर नगपालिकाका मेयर राजन श्रेष्ठलाई पत्र बुझाएका छन् ।

आज बिहीबार संस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठ नेतृत्वको टोलीले मेयर श्रेष्ठको कार्यकक्षमै पुगेर नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न पत्र बुझाएका हुन् ।

नेपाल अधिराज्य संविधान २०७२ अनुसार नागरिकको आधारभुत आवश्यकता मध्ये खानेपानी नि:शुल्क प्राप्त गर्नु नेपाली नागरिकको अधिकार हो भने निःशुल्क उपलब्ध गराउनु राज्यको कर्तव्य हो तसर्थ नगरबासीलाई सफा र स्वास्थ खानेपानी उपलब्ध गराउँदै आए‌को विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नगर विकास कोषको साँवा र ब्याज रकम स्थानीय सरकार विदुर नगरपालिकाले उपलब्ध गराएमा संस्थाले आफ्नो प्रत्येक उपभोक्ताहरूलाई १० युनिट (दस हजार लिटर) खानेपानी नि:शुल्क उपलब्ध गराउने र सो भन्दा बढी खानेपानी खपत गरि उपभोक्ता गरे बापत् संकलन भएको महशुल रकमबाट संस्थाको कार्यालय सञ्चालन र मर्मत खर्च पुर्याउने लक्ष्य राखेको हुँदा नगर परिषद्को बैठकमार्फत् नगरबासीले निःशुल्क खानेपानी प्राप्त गर्ने वातावरण मिलाईदिनु संस्थाले नगरपालिकालाई अनुरोध गरेको छ ।

यसै गरी संस्थाले उपमेयर प्रभा बोगटी र खानेपानी सेवा दिई आई रहेका वडाहरुका अध्यक्षहरु समेतलाई सहजीकरणको लागि पत्र बुझाएका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ