२१ चैत, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डबाहक ग्राहकहरुले सेल्सबेरी स्टोर कम्पनीमा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएको छ ।
समझदारी पत्रमा बैंकको तर्फबाट कारोबार बैंकिङ विभागका प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानाङ्गले हस्ताक्षर गरेका हुन् ।
उक्त समझदारी अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटै स्टोरहरुमा पोइन्ट अफ सेल (पस) मेशिनमार्फत गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम् २०० रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् ।

प्रतिक्रिया