+
Search

ताजा अपडेट +

पपुलर +

बेलकोटगढीमा ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम

Belakotgadhi one ward one production program in Bagamati Nuwakot
डबली खबर
१ साल अगाडी

२१ चैत, नुवाकोट । बेलकोटगढी पालिकामा ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम कार्यान्वयन गरिएको छ ।

समझदारमा जिल्ला कृषि ज्ञान केन्द्र, बेलकाेटगढी नगरपालिका र कृषक समूहबीच त्रिपक्षीय सम्झौता गरेर कार्यक्रमको थालनी सुरु गरिएको हो ।

साझेदारीमा सञ्चालन गरिने उक्त कार्यक्रम अन्तर्गत सरकारले ६० प्रतिशत, स्थानीय तहले २० प्रतिशत तथा समुदाय वा सहकारीले २० प्रतिशत लागनी हुनेछ । यसअन्तर्गत एउटा वडाका लागि ४२ लाख ६३ हजार ७९५ रुपैँया लगानी हुनेछ । जसमा बेलकाेटगढी नगरपालिकाको १० लाख ६५ हजार ९४८ रुपैँया र किसान समुहको १० लाख ६५ हजार ९४८ रुपैँया रहने छ।

बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विकास निर्देशनालयद्वारा सञ्चालित कार्यक्रम अनुसार चालुआर्थिक बर्षबाट पाँच बर्षका लागि पालिकाको सबै वडामा उक्त कार्यक्रम कार्यान्वयन गरिएको हो ।

कार्यक्रम अनुसार कफि उत्पादन, नर्सरी लगायत आवश्यक प्रविधि सहयाेग कार्य गरिनेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ