+
Search

ताजा अपडेट +

पपुलर +

डढेलोबाट वन जोगाउन अग्नि नियन्त्रण रेखा निर्माण

fireline make in bidur jungle
डबली खबर
१ साल अगाडी

९ चैत, नुवाकोट । गर्मीयाम सुरु भएसँगै डढेलोका घटना बढ्ने भएकाले यसबाट वन जोगाउन अग्नि नियन्त्रण रेखा (अग्निपथ) निर्माण कार्य सुरु गरिएको छ ।

विदुर नगरपालिकामा रहेको वनदेवी सामुदायिक वन उपभोक्ता समूहको ब्लक नम्बर १ मा पत्कर सोर्ने र अग्निपथ कार्य सुरु गरिएको अध्यक्ष जीवन डङ्गोलले जानकारी दिए । सुख्खायाममा डढेलोबाट हुने जोखिम न्यूनीकरणको लागि पूर्व तयारी स्वरुप अग्निपथ निर्माण गरिएको उनले बताए ।

गर्मीयाम नजिकिँदै गर्दा वनमा हुन सक्ने डढेलो नियन्त्रण र न्यूनीकरणका लागि प्रयास थालनी गरिएकोमा विदुर नगरपालिका-२ का वडाध्यक्ष दीपक कायस्थले खुशी व्यक्त गरेका छन् । पत्कर जम्मा गर्ने र अग्निरेखा कोर्ने कार्यले वन क्षेत्रमा हुने आगलागी कम गर्न सकिने उनले बताए ।

५३ हेक्टर क्षेत्रफल चार बल्क रहेको वनका अन्य क्षेत्रमा पनि अग्नि रेखा निर्माण कार्य गरिने वन उपभोक्ता समूहका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । साथै जङ्गल फडानी रोक्न सूचक बोर्ड पनि राखिएको उनले जानकारी दिए ।

वनडढेलो नियन्त्रणका लागि सशस्त्र प्रहरी, स्थानीय वन समूहका पदाधिकारीलगायतको सहभागिता रहेको थियो  । 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ