७ चैत, नुवाकोट । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा दुई सय बढीले निःशुल्क उपचार सेवा लिएका छन् ।
चिकित्सालयका प्रमुख नरेन्द्रप्रसाद गिरीका अनुसार निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविरमा लक्षित वर्गका बिरामी लाभान्वित भएका छन् । चिकित्सालयमा दुई सय बढीले निःशुल्क उपचार सेवा लिएका छन् ।
विदुर नगरपालिका वडा नं ५ को आयोजना तथा चिकित्सालयको सहकार्य एवं चाईना अस्पतालको सहयोगमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सञ्चालन भएको वडाअध्यक्ष लिलानाथ न्यौपानेले जानकारी दिए । नागरिकको स्वास्थ्य उपचारको अधिकारलाई प्रत्याभूत गराउन शिविर आयोजना गरिएको उनले बताए ।
शिविरमा आयुर्वेद चिकित्सा पद्धतिबाट बिरामी परीक्षण, औषधि वितरण, पूर्वकर्म सेवा, फिजियोथेरापी सेवा र टिसीएम अन्तर्गतका थेरापीहरु, अकुपञ्चर, अकुप्रेशर, मोक्जिबुशन तथा कपिङ सेवा आदि सेवाहरु प्रदान गरिएको थियो ।

प्रतिक्रिया