+
Search

ताजा अपडेट +

पपुलर +

१८३ मोतियाविन्दु बिरामीको शल्यक्रिया

183 cataract patients undergo surgery
डबली खबर
१ साल अगाडी

२७ फागुन, नुवाकोट । विदुरमा भएको दुई दिने आँखा शल्यक्रिया शिविरमा १८३ जना मोतियाविन्दु बिरामीको सफल शल्यक्रिया गरिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, सामुदायिक आँखा केन्द्र नुवाकोट र नेपाल रेडक्रस सोसाईटी (नेरेसो) नुवाकोटको संयुक्त आयोजनामा भएको शिविरमा उक्त सङ्ख्यामा मोतियाविन्दु भएको आँखाका बिरामीको सफल शल्यक्रिया गरिएको नेरेसो नुवाकोटका सभापति हरी श्रेष्ठले जानकारी दिए । आँखाको उपचारका लागि काठमाडौँ जान नसक्ने बिरामीको समस्यालाई मध्यनजर गर्दै जिल्लामै मोतीयाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको उनले बताए । आर्थिक साथै समयको पनि बचत भएकोले बिरामीलाई सहज भएको उनले बताए।

शिविरमा उपकरणद्वारा बिरामीको अनुमतिमा ३० जनाको लागत शुल्कको ५० प्रतिशतमा शल्यक्रिया गरिएको छ । १५३ जनाको मानवीय शल्यक्रिया तिलगंगा आँखा प्रतिष्ठानका डा. विक्रम श्रेष्ठको चिकित्सक टोलीले शल्यक्रिया गरेका थिए ।

गत फागुन ९ गतेदेखि २२ गतेसम्म म्यागङ, किस्पाङ, शिवपुरी, सूर्यगढी र तादी गाउँपालिकामा गरिएको शिविरबाट आँखामा मोतियाविन्दु भएका बिरामी छनौट गरिएको रेडक्रसका कार्यालय प्रमुख समुन्द्रबाबु अधिकारीले जानकारी दिए ।

शिविरमा बिरामीको खाना र चश्माको व्यवस्थामा लायन्स क्लब अफ काठमाडौं उर्जाशिल नुवाकोटले गरेको थियो ।

लामो समयदेखि आँखा नदेख्ने समस्या बोकेका वृद्धवृद्धाले नयाँ संसार देख्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।

मोतीयाबिन्दुका बिरामीको शल्यक्रियाका लागि शिवपुरी गाउँपालिकाले आफ्ना पालिकाबासीहरुको लागि निःशुल्क सवारीसाधन र आवासको व्यवस्था गरेको थियो ।

शिविरमा आँखाको शल्यक्रिया गरिएका बिरामीहरुलाई नि:शुल्क औषधी वितरण गर्नुको साथै शल्यक्रिया गरिएको आँखाको स्वास्थ्य सुरक्षाबारे सचेतना गरिएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ