+
Search

ताजा अपडेट +

पपुलर +

एमाले विदुरको अध्यक्षमा सञ्जिवबहादुर निर्वाचित

sanjeev bahadur shrestha cpnuml bidur chairman dabalikhabar sunil shrestha
डबली खबर
१ साल अगाडी

३० माघ, नुवाकोट । नेकपा एमाले विदुर नगर कमिटीको अध्यक्षमा सञ्जिवबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

आज भएको दोस्रो नगर अधिवेशन मतदानको मतगणना नतिजाअनुसार उनले निकतम प्रतिद्वन्धि अनुजकुमार श्रेष्ठलाई ४८ मतको मतान्तरले हराए । उनलेले १५८ मत प्राप्त गर्दा अनुजले १०६ मत मात्र प्राप्त गरे । उनीसँगै प्यानलनै विजयी भएका छन् ।

यस्तै, नगर कमिटीको उपाध्यक्षमा फराकिलो मतको अन्तरले श्यामकृष्ण चालिसे निर्वाचित भए । उनले १७३ मत प्राप्त गर्दा प्रतिद्वन्धि देवनारायण चित्रकारले ९० मत प्राप्त गरे ।

सचिवमा तोयानाथ तिमिल्सिना निर्वाचित भए । उनले १४८ मत प्राप्त गर्दा उपेन्द्र रिमालले १०८ मत प्राप्त गरे ।

उपसचिव खुल्लामा पूर्णबहादुर कार्की निर्वाचित भए । उनले १३३ मत प्राप्त गर्दा डिल्लीप्रसाद गजुरेलले ११८ मत प्राप्त गरे । महिला उपसचिवमा करिना नेपाल निर्वाचित भए । उनले १३७ मत प्राप्त गर्दा मुना पुडासैनी न्यौपानेले १०८ मत प्राप्त गरिन् ।

यसैगरी लेखा कमिटी अध्यक्षमा रामशरण तिम्सिना निर्वाचित भए । उनले १२९ मत प्राप्त गर्दा रामकृष्ण खड्काले ११८ मत प्राप्त गरे ।

मतदानमा २ सय ७४ मत खसेको निर्वाचन कमिटीका प्रमुख पुरुषोत्तम प्याकुरेलले जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ