+
Search

ताजा अपडेट +

पपुलर +

श्रेष्ठलाई उत्कृष्ट व्यवस्थापक अवार्ड

डबली खबर
१ साल अगाडी

२७ माघ, काठमाडौं । नेपाल व्यवस्थापन सङ्घले साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित गरेको छ ।

सङ्घको ४४ औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा उत्कृष्ट व्यवस्थापकहरुबाट उनलाई सम्मान गरिएको हो ।

सङ्घले हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएकोमा यसपल्टको अवार्ड श्रेष्ठले प्राप्त गरेकी हुन् ।

श्रेष्ठले ३७ वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनमा काम गरेको र सन् २००७ यता प्रमुख कार्यकारी अधिकृत रहेर कार्य गरिरहेकी छिन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनमा रहेर देशभर नुन वितरणको राष्ट्रिय जिम्मेवारी पूरा गर्नुका साथै व्यापार विविधिकरणमार्फत साल्ट ट्रेडिङको वित्तीय दिगोपना एवं सामाजिक कल्याणमार्फत उदाहरणीय योगदान पुर्याउँदै आएकाले श्रेष्ठलाई छनोट समितिले ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ