१४ माघ, विदुर । मालपोत कार्यालय नुवाकोटले अर्धवार्षिकमा ५ करोड ७८ लाख ४७ हजार ७१७ रुपैँया राजश्व सङ्कलन गरेको छ ।
कार्यालयले सोमबार (आज) सूचना जारीगर्दै चालु आर्थिकवर्ष २०८१/०८२ काे अर्धवार्षिक (साउनदेखि पुससम्म) प्रगति विवरण सार्वजनिक गरेको छ । राजस्व सङ्कलनमा अर्धवार्षिकभित्रमा नै वृद्धि भएको छ ।
विवरणअनुसार कार्यालयले स्थानीय तह ३ करोड ४० लाख १४ हजार ४५७ रुपैँया र प्रदेश राजस्व बाँडफाँड २ करोड ३८ लाख ३३ हजार २५९ रुपैँया सङ्कलन गरेको छ ।
बैँक तथा वित्तीय संघसंस्थाले ऋण लगानी गरी असुली गर्न नसकेपछि लिलाम गरी दाखिला खारेजी गर्दा, घरजग्गाको न्यूनतम मूल्य छाडेर धितोमा कारोबारलगायत कार्यबाट राजस्व सङ्कलन बढेको जनाएको छ ।
कार्यालयले गत आव २०८०/०८१ मा ५ करोड ६४ लाख ९५ हजार ४३० रुपैँया राजस्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया