+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु, हिमालयन र एनआईसी एशिया बैंकमाथि आर्थिक अनियमितताको आरोप

Nepal Rastra Bank 180 panorama view
डबली खबर
१ साल अगाडी

८ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड र एनआईसी एशिया बैंकमाथि आर्थिक अनियमितताको आरोप लगाउँदै कारबाही गरेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमास सुरु भएपछिको यो पहिलो कारबाही हो।

प्रभु बैंकमाथि चारवटा मुख्य विषयलाई लिएर कारबाही गरिएको छ। बैंकले वार्षिक साधारण सभा अगाडि सञ्चालक पद रिक्त भएमा कानूनी प्रक्रिया पूरा नगरी नयाँ सञ्चालक नियुक्त गरेको, मर्जर तथा प्राप्ति प्रक्रियाको व्याख्या आफु अनुकूल गरी सञ्चालकको पदावधि गणना गरेको, निरीक्षण प्रतिवेदनमा उल्लेखित कैफियतहरू सुधार गर्न ध्यान नदिएको, तथा कर्जा वर्गीकरण र जोखिम व्यवस्थापनमा एकीकृत निर्देशन उल्लंघन गरेको पाइएको छ। साथै, पुँजी पर्याप्तता गणनामा त्रुटि गरेकोले बैंकलाई भविष्यमा यस्ता अनियमितता दोहोरिन नदिन सचेत गराइएको छ।

हिमालयन बैंकले एकीकृत निर्देशन, २०८० अन्तर्गत कर्जा वर्गीकरण नगरी नोक्सानी व्यवस्थापनमा लापरबाही गरेको पाइएको छ। यसका लागि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सुधारका उपाय लागू गर्न निर्देशन दिइएको छ।

एनआईसी एशिया बैंकले सञ्चालक र तिनका परिवारलाई अनधिकृत रूपमा उच्च ब्याजदर प्रदान गरेको, पुरानो मितिमा मुद्दती खाता खोलेको, तथा कर्जा वर्गीकरण, पुँजीकोष व्यवस्थापन र जोखिमभार निर्धारणमा त्रुटि गरेको राष्ट्र बैंकको स्थलगत निरीक्षणमा खुलासा भएको छ।

राष्ट्र बैंकले बैंकलाई यी सबै अनियमितता सच्याउन र संस्थागत सुशासनसम्बन्धी निर्देशनको पूर्ण पालना गर्न कार्ययोजना बनाई लागू गर्न निर्देशन दिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ