+
Search

ताजा अपडेट +

पपुलर +

अक्करेमा अस्थायी प्रहरी पोष्ट स्थापना

डबली खबर
१ साल अगाडी

२ माघ, नुवाकोट । विदुर नगरपालिकाको तुप्चेस्थित अक्करेमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।

नगरपालिकाको वडा नं ७ अक्करेमा बुधबार अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।

विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले रूपमा अस्थायी प्रहरी पोष्ट उद्घाटन गरेकी हुन् ।

नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने नुवाकोट र रसुवा जिल्लाको सुरक्षालाई मध्यनजर गर्दै प्रहरी पोष्ट स्थापना गरिएको विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले जानकारी दिईन् ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नागरिकहरुलाई शान्ति सुरक्षालाई सुव्यवस्थित गर्नु, आपतविपत र जोखिम घटाउन, आपराधिक कार्य घटाउनको लागि प्रहरी पोष्ट स्थापना गरिएको बताए ।

सर्वपक्षीय भेलाबाट निर्णय गरि माग गरिएको प्रहरी चौकीका सुरक्षाकर्मी र स्थानीय नागरिकबीच सहकार्य हुनुपर्ने ७ नम्बर वडाका अध्यक्ष रविन्द्र नेपालले जोड दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ