११ पुस, नुवाकोट । बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सीटीइभीटी) को प्रमुख कार्यकारी निर्देशकमा डा. शान्ति लामा नियुक्त भएकी छिन् ।
आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले म्यागङ गाउँपालिका वडा नम्बर ४ की डा. लामालाई प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले खुल्ला प्रतिस्पर्धामार्फत् दरखास्त आह्वान गरी परीक्षा तथा अन्तरवार्ता समेत सम्पन्न गरेर नियुक्तिका लागि डा. लामासहित मध्यपुरठिमी नगरपालिका–९ का बद्रीप्रसाद दहाल र भरतपुर–१०, चितवनका इश्वरचन्द्र पौड्यालको नाम सिफारिस गरेको थियो ।
मन्त्रालयका सचिव बद्रीनाथ गैरेको संयोजकत्वमा रहेको प्रमुख कार्यकारी निर्देशक छनौट तथा सिफारिस समितिलेतीन जना उम्मेदवारको नाम सिफारिस गरेको थियो ।
सोही सिफारिसअनुसार लामालाई प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
डा. लामा २०७४ को स्थानीय तह निर्वाचनमा म्यागङ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया