११ पुस, नुवाकोट । नेकपा (एमाले) शिवपुरी गाउँपालिकाका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले सपथ लिएका छन् ।
बुधबार पालिकाको दोस्रो अधिवेशनबाट निर्वाचित गाउँपालिका अध्यक्ष कमल तामाङसहितका पदाधिकारी र सदस्यहरुलाई पार्टी जिल्ला अध्यक्ष बद्री मैनालीको उपस्थितिमा केन्द्रीय सदस्य एवं जिल्ला ईञ्चार्ज केशवराज पाण्डेले सपथ खुवाएका हुन् ।
कार्यक्रममा अध्यक्ष तामाङले लोकतान्त्रिक प्रणालि निर्वाचनमार्फत् नेतृत्व चयनको क्रममा र अन्य विभिन्न कारणले जिम्मेवारीमा समेटिन नसकेका राजनीतिक नेताहरुलाई नवनिर्वाचित कमिटीले समेटर एमालेलाई एकताबद्ध पार्टीको रुपमा अघि बढाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा पार्टीका बागमती प्रदेश कमिटी सदस्य जितेन्द्र बिष्ट, जिल्ला सचिव शिव चित्रकार, जिल्ला सचिवालय सदस्य एवं क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष सुशीलकुमार खड्कालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया