+
Search

ताजा अपडेट +

पपुलर +

१५ योद्धाहरुलाई ‘प्रजातन्त्र सेनानी सम्मान’

nepali congress rewarded to 15 people
डबली खबर
१ साल अगाडी

पुस ६, नुवाकोट । प्रजातन्त्रका लागि लड्ने योद्धाहरुलाई ‘प्रजातन्त्र सेनानी सम्मान’ प्रदान गरिएको छ । शनिबार (आज) विदुरमा आयोजित नेपाल प्रजातन्त्र सेनानी सङ्घले एक कार्यक्रमका बीच १५ जना योद्धाहरुलाई गरेका हुन् ।

नुवाकोट जिल्लाभर एक हजार भन्दाबढी प्रजातन्त्र सेनानी व्यक्तित्व भएपनि कार्यक्रममा १५ जनालाई मात्र सम्मान गरिएको र बाँकीलाई क्रमशः प्रदान गरिने सङ्घका अध्यक्ष गंगाधर उप्रेतीले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी एक भए विपक्षीभन्दा आफूहरु शक्तिशाली हुने बताए । सदस्य सङ्ख्या धेरै र लोकतान्त्रिक पार्टी भएकाले कांग्रेसमा आवद्ध हुनेहरुले पाटीभित्रै विपक्षी देख्ने प्रवृत्ति सुधार्न उनले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले पाटीको संगठन निर्माणलाई प्राथमिकता दिंदै सदस्यहरुको नविकरण अभियानमा रहेको बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ