३ पुस, नुवाकोट । म्यागङ गाउँपालिका वडा नम्बर ३ देउरालीमा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले एक कार्यक्रमकाबीच भवनको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री लामाले नयाँ भवनसँगै नागरिकलाई प्रहरीले सेवाको गुणस्तरीय र विश्वसनीय बनाउन आग्रह गरेका छन् । समुदायमा हुने अपराधजन्य तथा दुर्घटनाका घटनाहरुलाई न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न मुख्यमन्त्री लामाले निदर्शेन समेत दिएका छन् ।
एक करोड ४० लाख लागतमा निर्माण भएको दुई तल्ले प्रहरी भवन दुई चरणमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तीलक भारतीले जानकारी दिए ।
३३५.२० वर्ग मिटर क्षेत्रफलमा बनेको प्रहरी भवनमा महिला र पुरुष थुनुवा, ब्यारेक, सूचना केन्द्र, भान्छालगायतका कक्ष रहेका छन् ।
कार्यक्रममा भवन निर्माण गर्न सहयोग गर्ने र जग्गादातालाई सम्मान गरेको थियो ।

प्रतिक्रिया