२९ मङ्सिर, नुवाकोट । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा नुवाकोटको अध्यक्षमा दुई जना उम्मेदवार निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा अध्यक्षका उम्मेदवारद्वय नवराज सुवेदी र रामहरि गजुरेलले ३३/३३ समान मत प्राप्त गरेका थिए ।प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट र प्रेस सेन्टर र समाजवादीको संयुक्त प्यानलबीच प्रतिस्पर्धा भएको थियो ।
दुवै अध्यक्षका उम्मेदवारहरुले समान मत प्राप्त गरेपछि दुवै जनाले आधा/आधा कार्यकालको पद भार समाल्ने गरि पहिलो अवधि एक वर्ष ६ महिना सुवेदीले र बाँकी कार्यभार गजुरेलले समाल्ने गरी प्रमाणपत्र बुझेका छन् ।
अन्य निर्वाचितहरुमा उपाध्यक्षसहित छ सदस्य प्रेस सेन्टरका र महिला उपाध्यक्षसहित चार जना प्रेस युनियनका उम्मेदवारहरु निर्वाचित भएका छन् । सचिवसहित तीन जना प्रेस चौतारीका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
महासङ्घको उपाध्यक्षमा जगदीश खनाल र आत्मा गुराँगाई, सचिवमा सुनिल श्रेष्ठ, कोषाध्यक्षमा सुरज सिलवाल, सहसचिवमा केदारकुमार ढकाल र मनिषा सापकोटा निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरुमा करुणा लामिछाने, पार्वती विक, सुनिता गुरुङ, अञ्जली प्याकुरेल, प्रल्हाद पुडासैनी, पुण्यप्रभा ढुंगाना, शिवराम भण्डारी र सज्जन उत्सुक सापकोटा निर्वाचित भएका छन् ।
बागमती प्रदेश पार्षद् सदस्यमा प्रेस संगठनका आशिष ढुंगाना, युनियनका किरणप्रसाद अधिकारी र विनय वन्जारा, चौतारीका भरत सन्तोषी लामा निर्वाचित भएका छन् ।
केन्द्रीय परिषद् सदस्यमा चौतारीका देवचन्द्र भट्ट र विष्णु जम्कट्टेल निर्वाचित भएका छन् ।

प्रतिक्रिया