२८ मङ्सिर, नुवाकोट । नेपाल पत्रकार महासङ्घको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । पत्रकार महासङ्घ अन्तर्गत केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति र प्रतिष्ठान शाखाको कार्यसमिति चयनका लागि देशभर निर्वाचन हुन लागेको हो ।
नेपाल पत्रकार महासङ्घ नुवाकोटको अध्यक्ष उम्मेदवारमा नमराज सुवेदी र रामहरी गजुरेल रहेका छन् । उपाध्यक्षमा श्रीराम अधिकारी, जगदीश खनाल, आत्मा गुरागाईं र जमुना गजुरेल, सचिवमा सुनिल श्रेष्ठ र सुजित भण्डारीले रहेका छन् ।
यसैगरी, सहसचिवमा केदारकुमार ढकाल, हरिराम भेटुवाल, मनिषा सापकोटा र प्रितिका थापा, कोषाध्यक्षमा सुरज सिलवाल र विष्णुप्रसाद अधिकारी रहेका छन् ।
अध्यक्षका उम्मेदवार नमराज सुदेवीको संयुक्त प्यानल प्रेस चौतारी नेपाल र प्रेस युनियन नेपालको गठबन्धन रहेको छ। अध्यक्षका अर्का प्रेस सेन्टर र समाजवादी प्रेसमा रामहरी गजुरेलको संयुक्त प्यानल रहेको छ ।
सदस्यहरुमा करुणा लामिछाने, दुर्गा चालिसे, कमला मगराती, पार्वती वि.क., लक्ष्मी तामाङ, सुनिता गुरुङ, अञ्जली प्याकुरेल, जयराज थपलिया, प्रल्हाद पुडासैनी, पुण्यप्रभा ढुङ्गाना, मनोज गजुरेल, राजु रिमाल, शिवराम भण्डारी, सज्जन उत्सुक सापकोटा र सन्तोषी भट्ट रहेका छन् ।
केन्द्रिय परिषद् सदस्यमा देवचन्द्र भट्ट, बद्रीप्रसाद प्याकुरेल, विष्णु जमरट्टेल र संगीता पनेरु रहेका छन् । बागमती प्रदेश परिषद सदस्यमा आषिश ढुङ्गाना, किरणप्रसाद अधिकारी, भरतसन्तोषी लामा, राजकुमार नेपाली, विनय बञ्जारा, सुकदेव दाहाल रहेका छन् ।
नेपाल पत्रकार महासङ्घ नुवाकोटका निर्वाचन अधिकृत राममणि अधिकारीले जिल्लाको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । कुल ८० मतदाता रहेको रहेको उनले जानकारी दिए ।
निर्वाचन विदुरमा रहेको इलम प्रशिक्षणमा बिहान १० बजेदेखि ४ बजेसम्म सबै मतपत्रले परिचयपत्रसहित मतदानको लागि सहभागी हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया