+
Search

ताजा अपडेट +

पपुलर +

वडा अध्यक्ष तामाङले गरे जनवादी विवाह

sukuram tamang weds kusum tamang
डबली खबर
१ साल अगाडी

२४ मङ्सिर, नुवाकोट – शिवपुरी गाउँपालिका-१ का वडा अध्यक्ष सुकुराम तामाङले जनवादी विवाह गरेका छन् ।

सोमबार अध्यक्ष तामाङले नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा सुनसरीका कुसुम तामाङसँग जनवादी विवाह गरेका हुन्।

विवाह कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजमा हुने भड्किलो विवाहको प्रचलन बढ्दै गएको बेलामा यस जनवादी विवाहले बलियो सन्देश जाने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले विवाह पार्टीकै केन्द्रीय कार्यालयमानै आयोजना गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

विवाह कार्यक्रममा जिल्लाका नेता–कार्यकर्ताहरु उपस्थिति रहेको थियो ।

अध्यक्ष तामाङले ९९२ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

माओवादी युद्धकालमा जनवादी विवाह भूमिगत रुपमै भए पनि प्रचलनमा थियो । 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ