बट्टार, मङ्सिर २२ – नेकपा एमाले निकट अनेरास्ववियुको नुवाकोट अध्यक्षमा फैसल दिन निर्वाचित भएका छन् ।
गएराति भएको १८औं अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । उनको नेतृत्वमा ३१ सदस्यीय नयाँ कमिटी गठन भएको छ ।
अनेरास्ववियुको उपाध्यक्षमा अनिश प्याकुरेल, दिनेशराज वाग्ले र सन्तोष अधिकारी, सचिवमा कमल तिमिल्सिना, कोषाध्यक्षमा पुष्पा धमला, सहसचिवमा विनोद घिमिरे, जीवन लामा र अर्जुना लामिछाने चुनिएका छन् ।
अनेरास्ववियुको नुवाकोटको अधिवेशन अध्यक्ष मण्डलकाे एकलौटी निर्णयलाई अस्वीकार गर्दै पुन: नयाँ कमिटी निर्माण गरिएकोले समाचार सच्चाईएको छ।
-सम्पादक

प्रतिक्रिया