विदुर – नुवाकोटमा थप एक विद्युतीय गाडी सञ्चालनमा आएका छन् । त्रिशूली यातायात प्रालिले १० वटा विद्युतीय माइक्रो बसमार्फत् सार्वजनिक यातायातको सेवा दिन सुरू गरेको हो ।
यातायातले मङ्सिर १ गतेदेखि आफ्नो सेवा शुभारम्भ गरेको छ । विद्युतीय माइक्रोबसमार्फत् सेवा सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए । विद्युतीय गाडी आर्थिक हिसाबले मितव्ययी र वातावरणमैत्री भएकाले सबैले यसको प्रयोग गर्नुपर्ने बताए ।
छहरे-टोखा सडक पूर्ण रुपमा कालोपत्रे भएसँगै यातायात सञ्चालनका लागि सहज भएको छ भने दुरी र समयको बचत भएको अध्यक्ष उप्रेतीले बताए ।
सुविधा सम्पन्न साना सवारीसाधनहरु आकर्षक र छिटो छरितो हुँदै आएको छ ।

प्रतिक्रिया