+
Search

ताजा अपडेट +

पपुलर +

सुजिम बजारको ‘दशैं तिहार रमाईलो’ भाग्यशाली उपहार योजनाको विजेता घोषणा

sujim dasain tihar bumper lucky draw result
डबली खबर
१ साल अगाडी

नुवाकोट – सुजिम बजारले दसैँ तिहार रमाईलोको भाग्यशाली उपहार योजना कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ ।

गत असोज १५ गतेदेखि कार्तिक महिनासम्म लागू गरेको दसैँ तिहार रमाईलो योजना अन्तर्गतको कुपन विजेताहरुलाई सहभागी गरिएको थियो । मङ्सिर १ गते कम्पनीको केन्द्रिय कार्यालय कोलेनीबाट आयोजित कार्यक्रममा ग्राहक, प्रहरी, पत्रकारको उपस्थितिमा आठ भाग्यशाली ग्राहकहरुको नाम घोषणा गरेको थियो ।

योजनाबाट ग्राहकले एक हजार रुपैँया बराबरको खरिदमा एक कुपन प्राप्त गर्न सकिने योजना थियो । सोहि योजनाअन्तर्गत यशोदा नेपालीले एक लाख आठ हजार ७४० रुपैँया बराबरको बम्पर उपहार प्राप्त गरेको सुजिम बजारका निर्देशक सुजिम श्रेष्ठले जानकारी दिए ।

यसैगरी, प्रविणा तामाङ (द्वितीय)ले ६९ हजार ९६५ रुपैँया, शर्मिला घले (तृतीय)ले ५० हजार ३३८ रुपैँया, विष्णु तामाङ (चौथौं)ले २६ हजार ४०६ रुपैँया बराबरको उपहार प्राप्त गरेका छन्। यस्तै, सुकमाया घले (पाचौँ)ले २० हजर ४०६ रुपैँया, माया घले (छैठौं)ले १५ हाजर २७२ रुपैँया, शान्ति तामाङ (सातौँ)ले १० हजार ९४ रुपैँया र ऐश्वर्या तामाङ (आठौँ)ले ८ हजार ६२८ रुपैँया बराबरको उपहार प्राप्त गरेका छन् ।

विजेताहरुले कुपनको अर्धकट्टी सहित स्वयं उपस्थित भइ उपहार प्राप्त गर्न सकिने निर्देशक सुजिम श्रेष्ठले बताए ।

यसैगरी, दिपेन जोशी, कविन्द्रमान प्रधान, प्रकाश खड्का, चिनीमाया तामाङ र चन्द्रमाया तामाङले आकर्षक उपहारको भौचर कुपन प्राप्त गरेको निर्देशक सुजिम श्रेष्ठले जानकारी दिए । चाडपर्वका बेला ग्राहलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै उक्त योजना लागू गरिएको कम्पनीले जनाएको छ ।

साथै आगामी दिनमा पनि ग्राहकको सन्तुष्टि र सुजिम बजारमा प्रेरित गर्न यस्ता किसिमका उपहार कार्यक्रम आयोजना गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ