sujim advert

सुजिम बजारमा सुरु भयो दशैं तिहार उपहार योजना

सुनील श्रेष्ठ     अशोज १५, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

sujim bazar dashain tihar offer 2081
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट – विदुर नगरपालिकाको कोलोनीस्थित पिपलटारमा रहेको सुजिम बजारले दशैं तिहार लक्षित उपहार योजना सुरु गरेको छ ।

दशैं तिहार उपहार योजनाबाट सेवाग्राहीले एक हजारमा एक लाख बराबरको बम्पर उपहार र ७० हजारसम्मको उपहार पाउने सुजिम बजारका निर्देशक सुजिम श्रेष्ठले बताए । चाडपर्वका बेला ग्राहलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै १ हजार रुपैंयाभन्दा बढीको सामान खरीदमा उपहार बितरणको लक्ष्यसहित बजारले असोज १५ गतेदेखि योजना सुरु गरेको उनले जानकारी दिए ।

चाडपर्वका बेला अधिकांशले किनमेल गर्ने भएकाले उनीहरुलाई उपहारसहित सामान उपलब्ध गराउनका लागि चाडपर्वको उपहार योजना सुरु गरिएको बजारका निर्देशक श्रेष्ठले बताए । उनले भने–‘अन्तर्राष्ट्रियस्तरका विद्युतीय सामाग्रीदेखि घरायसी लगायतका गुणस्तरीय सामग्री हाम्रा ग्राहक महानुभावहरुलाई सुपथ मुल्यमा उपलब्ध गराउन हामी प्रतिबद्ध छौं । यसमा हाम्रा ग्राहलाई अभ्यस्त बनाउनका लागि पनि हामीले उपहार कार्यक्रम सुरु गरेका हौं ।’

उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा मङ्सिर १ गते उपहारको घोषणा गरिने उनले बताए ।

यो अफर आठ भाग्यशाली ग्राहकहरुले विभिन्न पुरस्कार प्राप्त गर्ने जनाएको छ ।

सुजिम बजारको विदुर नगरपालिकाको त्रिशूलीमा पनि शाखाबाट यो अफर प्राप्त गर्न सकिने छ ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top