नुवाकोट – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध निर्वाचित भएका छन् ।
एनएफपिजे नेपालको १३ औ केन्द्रीय महाधिवेशनबाट अध्यक्ष पदका लागि वन्त निर्वाचित भएका हुन् ।
एनएफपिजे नेपालको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविण कुलुङ राई र कोषाध्यक्षमा प्रदीपकुमार श्रेष्ठ चयन भएका छन् ।
केन्द्रीय सदस्यमा सुशीलकुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिशसिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन भएका छन् ।
एनएफपिजे नेपालले फोटो पत्रकारको व्यावसायिक हकहित, पेसागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि विविध कार्य गर्दै आइरहेको नवनिर्वाचित अध्यक्ष वन्तले जानकारी दिए ।

प्रतिक्रिया