विदुर – नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक शुक्रबार समापन भएको छ ।
अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा बसेको बैठकले पार्टी जीवनमा दूरगामी प्रभाव पार्ने महत्वपूर्ण निर्णय गर्दै विभिन्न समसामयिक १० प्रस्तावहरू पारित गरेको छ ।
बैठकमा पार्टीका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईको प्रमुख आतिथ्यता रहेको बैठकमा, पार्टीका केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना, जिल्ला इञ्चार्ज केशवराज पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
बैठकले जिल्ला पार्टी मातहतका संघिय र प्रदेश निर्वाचन क्षेत्रको पार्टी कामलाई व्यवस्थित गर्न संयोजकहरुको नाम अनुमोदन गरेको छ । निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा शुशिलकुमार खड्का, निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (क) को संयोजकमा श्याम लामा र निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (ख) श्यामराज पाठकलाई तोकेको छ।
यस्तै, बैठकले निर्वाचन क्षेत्र नम्बर २ को संयोजकमा सम्मरबहादुर आलेमगर, निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) को संयोजकमा गणेश खतिवडा र निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (ख) अरुणकुमार श्रेष्ठलाई तोकेको छ।
पार्टी कमिटीको अङ्गको रुपमा रही नीति एवम् योजना निर्माण र कार्यान्वयनमा सहयोग पुर्याउने जनसंगठनको कामलाई
व्यवस्थित गर्न कार्यविभाजन गरी २१ जनालाई इञ्चार्ज तोकिएको छ ।
जिल्ला पार्टी मातहतका वडा निर्वाचन क्षेत्रको पार्टी कामलाई व्यवस्थित गर्न कार्यविभाजनसहित ८७ जना इञ्चार्ज तोकिएको छ ।
बैठकले पार्टी कामलाई चुस्त र व्यवस्थित गर्न वार्षिक कार्ययोजना पारित गरेको छ ।
यसैगरी बैठकले पार्टीको पालिका अधिवेशन मङ्सिर महिनाभित्र गर्ने गरी कार्यतालिका तय गरेको छ ।
अधिवेशन तालिका
२०८१ मंसिर १ गते दुप्चेश्वर गाउँपालिका कमिटी
२०८१ मंसिर ३ गते तादी गाउँपालिका कमिटी
२०८१ मंसिर ५ गते पञ्चकन्या गाउँपालिका कमिटी
२०८१ मंसिर १४ गते मेघाङ गाउँपालिका कमिटी
२०८१ मंसिर १७ गते ककनी गाउँपालिका कमिटी
२०८१ मंसिर १९ गते सुर्यगढ़ी गाउँपालिका कमिटी
२०८१ मंसिर २१ गते तारकेश्वर गाउँपालिका कमिटी
२०८१ मंसिर २३ गते लिखु गाउँपालिका कमिटी
२०८१ मंसिर २५ गते शिवपुरी गाउँपालिका कमिटी
२०८१ मंसिर २७ गते किस्पाङ गाउँपालिका कमिटी
२०८१ मंसिर २८ गते बेलकोटगढी नगरपालिका कमिटी
२०८१ मंसिर २९ गते विदुर नगरपालिका कमिटी
बैठकमा पार्टी अनुशासन, आर्थिक पारदर्शिता, नैतिक आचरणका विषयहरू कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया