+
Search

ताजा अपडेट +

पपुलर +

आजदेखि ‘सानो संसार’

sano sansar nepali movie
डबली खबर
१ साल अगाडी

नुवाकोट – शुक्रबारदेखि हलमा नेपाली कथानक चलचित्र ‘सानो संसार’ प्रदर्शनमा आएको छ ।

अर्जुनकुमार डङ्गोल र माधव वाग्लेले यसलाई निर्माण गरेको चलचित्र ‘सानो संसार’लाई पुनः प्रदर्शन गरिएको हो । यसअघि लगातारको झरीले प्रभावित बनेको यो फिल्मलाई अनुकूल मौसम हेर्दै निर्माताले आजदेखि देशव्यापी रि-रिलिज गरेका हुन् ।

सिद्धार्थ पुडासैनी निर्देशित चलचित्रमा मध्यमवर्गीय आशा, सपना, संघर्ष र नियतिको कथा पेश गरिएको छ । सामाजिक नाटक विधाको यो चलचित्रमा शिशिर सिवाकोटी, अनु दाहाल, सीतादेवी तिमल्सिना, अञ्जसा रिजाल, राज पंगेनीको अभिनय छ ।

नेपाली चलचित्रमा मध्यमवर्गीय परिवारको कथा नआइरहेको बेला, ‘सानो संसार’ले उक्त दर्शकीय समूहलाई आकर्षित गर्न प्रयत्न गरेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ