+
Search

ताजा अपडेट +

पपुलर +

अस्थायी रूपमा खानेपानी वितरण सुचारु

bidur khanepani maintainace
डबली खबर
१ साल अगाडी

नुवाकोट – विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गर्दै आईरहेको खानेपानी वितरण ९० दिनपछि सुचारु भएको छ।

खानेपानी योजना बारम्बारको बाढीपहिरोका कारण अवरुद्ध भएको थियो। बाढीपहिरोको कारण जटिल बनेको पाइपलाइनको आवश्यक मर्मतपछि अस्थायी रूपमा खानेपानी वितरण गरिएको संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले जानकारी दिए । असार महिनाको अन्तिम साताको बाढीपहिरोका कारण पानी वितरणको संरचना बगाएर अनिश्चित समयको लागि अवरुद्व भएको फलाखु खोला मुहानको खानेपानी वितरण सेवा सुरु भएको उनले जानकारी दिए ।

यसघि नियमित रूपमा खानेपानी अवरुद्ध हुँदा संस्थाले वैकल्पिक रूपमा डिप बोरिङमार्फत् उपभोक्तालाई दैनिक तालिकाअनुसार खानेपानी वितरण गरेको थियो। बाढीपहिरोका कारण अनिश्चित समयको लागि अवरुद्व भएको फलाखु खोला मुहानको खानेपानी सञ्चालन गर्न थ्री फेज विद्युत् लाइन उपलब्ध गराइ खानेपानी वितरण गरिएको कार्यालय प्रमुख राजकुमार तिमिल्सिनाले बताए ।

बाढी र पहिरोले क्षतिग्रस्त फलाखु खोलाको पाइपलाइन अनवरत मर्मतपछि पोलिथिन पाइपलाइन जडान गरी मुहानबाट पहिले जस्तै ग्राभिटि फ्लोबाट खानेपानी सञ्चालन गर्न सफल भएको कार्यालय प्रमुख तिमिल्सिनाले बताए ।

दक्षिण एसियाकै नमुना खानेपानी आयोजना खानेपानीको आपूर्ति बन्द हुदाँ  हुँदा विदुर नगरपालिका वडा नम्बर १, २, ४, ५, ६, ८ र ९ का ४५ सयभन्दा बढी घरधुरी प्रभावित भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ