+
Search

ताजा अपडेट +

पपुलर +

दसैँतिहार लक्षित बजार अनुगमन सुरु

tadi rural municipality market supervision
डबली खबर
१ साल अगाडी

नुवाकोट – तादी गाउँपालिका दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर आजदेखि बजार अनुगमन सुरु गरेको छ।

तादी गाउँपालिकाकी उपाध्यक्ष तथा बजार व्यवस्था तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सञ्जु प्याकुरेल श्रेष्ठको नेतृत्वमा पालिकास्तरीय बजार अनुगम सुरु गरिएको हो । खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटका प्रमुख गणेशदत्त जोशी र जनप्रतिनिधिसहितले पालिकाका बजार क्षेत्र अनुगमन गरिएको उनले बताईन् ।

बिक्रीको लागि राखिएको सामानको मुल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मुल्य जस्ता कुरामा ध्यान दिएको कुरा उनले बताईन् । अनुगमन पहिलोपटक गरिएकोले सम्झाई बुझाई छाडिएको र आगामी दिनमा त्यस्ता गलत प्रवृत्ति भेटिएमा कानुन बमोजिम कारवाही गरिने उनले बताईन् ।

अनुगमन टोलीले गाउँपालिकाको मुख्य बजारहरु खरानीटार , सातबिसे, बाहुनबेंशी लगायतका स्थानहरुमा बजार अनुगमन गरेको छ ।

अनुगमनको क्रममा म्याद सकिएको खाद्य सामाग्रीहरुलाई जफत गरी नष्ट गरिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ