+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली अस्पतालका दुई कर्मचारी सम्मानित

best employee of the month in trishuli hospital
डबली खबर
१ साल अगाडी

कोलोनी – त्रिशूली अस्पताल नुवाकोटले अस्पतालमा कार्यरत कर्मचारीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेर प्रोत्साहन गरेको छ ।

हरेक महिनाको उत्कृष्ट कर्मचारी छनौट गरेर अस्पतालले चालु आर्थिक वर्ष २०८१/०८२ को साउन र भदौको उत्कृष्ट कर्मचारीलाई छनौट गरी पुरस्कृत गरेको छ । अस्पतालले कर्मचारीको छनौट गरी प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरिएको मासिक तथ्याङ्क सङ्कलन, तथ्याङ्क प्रमाणिकरण, प्रस्तुतिकरण कार्यक्रम संयोजक तथा मेडिकल रेकर्डर नारायण प्याकुरेलले जानकारी दिए ।

पुरस्कृत हुनेमा साउन महिनाको शल्यक्रिया विभागका एनेस्थेसिया सहायक दिपक यादव र भदौ महिनाको फार्मेसी विभागका फार्मेसी सहायक विनिता लामिछाने रहेको छ । पुरस्कृत कर्मचारीहरुले जनही नगद ५/५ हजार रूपैयाँका साथै प्रमाणपत्र प्रदान गरेर पुरस्कृत गरिएको अस्पताल निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए ।

यस्तै, कार्यक्रममा अस्पतालका विभिन्न विभागका प्रतिनिधिले साउन र भदौ महिनाको प्रगति विवरण प्रस्तुतिकरण गरेका थिए । जसबाट प्रसुती विभाग उत्कृष्ट घोषित भएको निर्णायक मण्डलका संयोजक डा. सन्देशराज उपाध्यायले जानकारी दिए । उत्कृष्ट विभागलाई दुई हजार रुपैंयाँ नगद पुरस्कारसहित ट्रफी प्रदान गरी सम्मान गरिएको छ।

कार्यक्रममा विदुर नगरपालिका वडा नं. ८ का अध्यक्ष कमल श्रेष्ठले पुरस्कृत कर्मचारीहरु र अस्पताल निर्देशक डा. लामाले विभागलाई पुरस्कृत एवं सम्मान गरेका छन् ।

अस्पतालले चालु आवको साउन महिनामा १७ हजार ७९० र भदौ महिनामा १६ हजार ९२ जना गरी कुल ३३ हजार ८८२ जना बिरामीलाई सेवा प्रदान गरेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ