+
Search

ताजा अपडेट +

पपुलर +

चाडपर्वलक्षित सवारी दुर्घटना न्युनीकरण कार्यक्रम सुरू

nuwakot traffic police program
डबली खबर
१ साल अगाडी

नुवाकोट – जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले चाडपर्व लक्षित सवारी दुर्घटना न्युनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रम बिहीबारदेखि सञ्चालन गरेको छ ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको उपस्थितिमा सवारी चालकहरुसँग प्रतिबद्धता कार्यक्रम सुरुवात गरिएको हो ।

बट्टारमा भएको कार्यक्रममा चाडपर्वलक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरुसंगको प्रतिबद्धता कार्यक्रम सञ्चालन गरिएको हो । जिल्लाका अन्य स्थानहरुमा पनि उक्त अभियान सञ्चालन गरिने प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तीराज कोइरालाले बताए ।

कार्यक्रमको पहिलो दिन २५० जना सवारी चालकहरुले प्रतिबद्धता जनाएका छन् । अभियान सवारीचालकहरुलाई सिकाउने, अनुभव गराउने, जानकारी गराउने, प्रतिबद्धता गराउने र आफ्नो सुरक्षाबारे जानकारी गराउने सचेतनामूलक कार्यक्रम भएको प्रहरी प्रमुख कोइरालाले बताए ।

साथै जिल्लामा सञ्चालित सवारीसाधनहरुमा प्रतिबद्धा स्टिकर टाँस र राष्ट्रिय झण्डा समेत फराइएको जिल्ला ट्राफिक प्रहरीका प्रहरी निरीक्षक आशुतोषबहादुर शाहीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ