+
Search

ताजा अपडेट +

पपुलर +

लोक नृत्यमा अर्किड प्रथम

डबली खबर
१ साल अगाडी

विदुर – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले आयोजना गरेको खुला लोक नृत्य प्रतियोगितामा अर्किड एकेडेमी नुवाकोट प्रथम भएको छ ।

आईतबार बट्टारमा भएको प्रतियोगितामा अर्किडले २१ प्रतिष्पर्धी विद्यालयलाई पछि पार्दै प्रथम स्थान हासिल गरेको हो ।

प्रतियोगितामा दिव्यरत्न बोर्डिङ स्कुल द्वितीय र स्पार्कल इन्टरनेशनल स्कुल तृतीय भएका छन् । सेइ बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेको छ।

प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमश: १० हजार, आठ हजार, छ हजार र चार हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेताहरुले बागमती प्रदेशस्तरीय नृत्य प्रतियोगितामा सहभागिता जनाउन सक्ने प्याब्सनका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए ।

विजेताहरुलाई प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ र प्याब्सन नुवाकोटका सल्लाहकार ठाकुरप्रसाद पुडासैनीले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेका छन् ।

प्याब्सनका अध्यक्ष कार्कीले विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता अभिवृद्धि गराउने क्रियाकलापहरूको आयोजना र सहभागिताबाट समय सापेक्षरूपमा अनेक किसिमका प्रतिभाको निर्माण हुने विश्वास लिईएको उनले बताए ।

कार्यक्रममा संस्थाले आयोजना गरेको चित्रकला र लेखन प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ