+
Search

ताजा अपडेट +

पपुलर +

म्यागङ सम्मानित

myagang rural muncipality awarded from nepali congress
डबली खबर
१ साल अगाडी

नुवाकोट – नेपाली काँग्रेसले म्यागङ गाँउपालिकासहित देशभरका २१ गाउँपालिकालाई सम्मान गरेको छ।

बिहिबार पार्टीको स्थानीय तह समन्वय विभागले एक कार्यक्रमकाबीच कम बेरुजु राख्न सफल भएकोमा गाउँपालिकालाई सम्मान गरिएको जनाएको छ ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले म्यागङका उपाध्यक्ष सिता तामाङलाई स्थानीय तहको सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा अन्य उत्कृष्ट स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

आर्थिक वर्ष २०७९/०८० को महालेखा प्रतिवेदनअनुसार कम बेरुजु रहेका लगायतका आधारलाई उत्कृष्ट स्थानीयको रुपमा छनौट गरेको पार्टीले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ