+
Search

ताजा अपडेट +

पपुलर +

‘म उद्यमी’ सार्वजनिक

gita amatya music video
डबली खबर
१ साल अगाडी

नुवाकोट – सङ्गीतकार चक्रपाणी तिमल्सीनाको म उद्यमी बोलको गीत र म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

उद्यमी महिलाको कथामा आधारित गीतमा प्रख्यात गायिका अञ्जु पन्तले स्वर दिएकी छिन् ।

गीतमा गणेशप्रसाद लठको शब्द र सङ्गीत तिमल्सीनाकै रहेको छ ।

गीतको म्यूजिक भिडिओमा महिला उद्यमी सङ्घ नेपाल जिल्ला समिति नुवाकोटकी अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अन्तर्गत महिला उद्यमी उपसमिती संयोजक गीता अमात्यको अभिनय रहेको छ । नुवाकोटकै सञ्चालित उद्योगहरु र अध्यक्ष अमात्यको गतिविधिमा आधारित कथामा छायाँकन गरिएको छ।

म्युजिक भिडिओमा अनिश तामाङको छायाँकन, निरज भुषालको सम्पादन र सुब्रत आचार्यको निर्देशन रहेको छ।

म्युजिक भिडिओ

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ