+
Search

ताजा अपडेट +

पपुलर +

विद्युतीय सवारी खरिदका लागि ३ दिनमै कर्जा

Global IME bank MAW-agreement
डबली खबर
१ साल अगाडी

काठमाडौं – विद्युतीय सवारीसाधनको खरिदमा सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा त्रिपक्षीय हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स र एमएडब्लु वृद्धि अटोकर्पबीच सम्झौता भएको हो।

उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्सका ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार एमएडब्लु वृद्धि मोटर्स एवम् एमएडब्लु वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने विद्युतीय गाडीहरु दीपल, सेरेस र नाम्मी खरिद गर्ने व्यक्ति वा कम्पनीहरुले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको ३ कार्यदिन भित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गरिनेछ । दीपल र सेरेस ब्राण्डका विद्युतीय गाडीहरु नेपाली प्रयोगकर्ताहरुमाझ लोकप्रिय रहेको छ र उक्त कम्पनीले नाम्मी ब्राण्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा विक्री सुरुवात गरी सकेको छ ।

ग्रिन फाइनान्सिङ प्रबर्धन गर्न बैंकले विद्युतीय सवारी साधनलाई सर्वसुलभ व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ