+
Search

ताजा अपडेट +

पपुलर +

ऐतिहासिक सन्धिस्थल अवलोकन

The Betrawati Treaty is a treaty signed between Nepal and The Vote
डबली खबर
१ साल अगाडी

नुवाकोट – बेत्रावतीमा रहेको ऐतिहासिक सन्धिस्थलको आज शुक्रबार सरोकारवालाले अवलोकन गरेका छन् ।

विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ ज्यूको नेतृत्वमा जिल्लाका सरोकारवालाहरुको सहभागितामा नेपाल-चीन (भोट) बीच वि. सं. १८४९ मा सन्धि भएको विदुर नगरपालिका-१० स्थित बेत्रावतीमा रहेको ऐतिहासिक सन्धिस्थल ढुङ्गालाई धार्मिक, ऐतिहासिक एवं कूटनीतिक स्थलको रुपमा स्थापित गर्न स्थलगत अवलोकन गरिएको छ।

उक्त स्थान हुँदै विदुर नगरपालिका वडा नं ११ मा अवस्थित धार्मिक एवम् कुटनीतिक दुधेगढी लामालाई समेत एउटै सर्किटमा जोडेर धार्मिक, सांस्कृतिक एवम् कुटनीतिक महत्वका संरचना निर्माण तथा संरक्षणको लागि स्थलगत अवलोकन गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

अवलोकनमा जनप्रतिनिधि, नुवाकोटका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुखसहित सुरक्षा निकायका प्रमुख एंव प्रतिनिधिको सहभागिता रहेको थियो ।

बेत्रावती सन्धि वि.सं १८४९ (सन् १७९२ )मा बेत्रावती त्रिशुली नदीको किनारमा नेपाल –तिब्बत /चीन युद्ध अन्त्य गर्न भएको नेपाल र भोट बीचको सन्धि हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ