+
Search

ताजा अपडेट +

पपुलर +

जीवनमार्ग मण्डलीलाई कुर्सी सहयोग

plastic chair handover to jeevanmarg mandali
डबली खबर
१ साल अगाडी

विदुर – नेपाली कांग्रेस नुवाकोटले बेलकोटगढी नगरपालिका वडा नं १० मा रहेको जीवनमार्ग मण्डलीलाई विभिन्न आवश्यक सामाग्री प्रदान गरेको छ ।

पार्टीको संगठन विभागले शनिवार एक कार्यक्रमकाबीच संगठन विभाग प्रमुख श्रीराम श्रेष्ठले मण्डलीका सञ्चालक रमेश तामाङलाई प्लास्टिक कुर्सी तथा साउण्ड सिस्टम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा श्रेष्ठले नेपाली कांग्रेस बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विभिन्नतालाई नै राष्ट्रिय एकताको आधार मान्ने दल भएकोले विभिन्न समुदायमा यस्ता सहयोग कार्य गर्दै आएको बताए ।

सामाग्री बुझ्दै कार्यक्रममा मण्डलीका सञ्चालक रमेश तामाङले प्राप्त सामाग्रीहरुको सदुपयोग गरिने बताए ।

संगठन विभागले यसअघि पनि विभिन्न विद्यालयमा शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ