नुवाकोट – गत आर्थिक वर्ष २०८०/८१ मा नेपालमा आयात भएको ७० हजार ५२८ थान स्कुटरमध्ये सबैभन्दा ठूलो हिस्सा होण्डा र त्यसपछि टीभीएस र यामाहाले आयात गरेको देखिएको छ ।
लामो समयदेखि होण्डा नेपालको स्कुटर बजारमा लोकप्रिय भइरहेको छ । विगतमा धेरै लामो समयसम्म होण्डाको डिओ स्कुटरले एकाधिकार नै जमाउँदै आईरहेको छ । गत आर्थिक वर्ष नेपालमा आयात भएकोमध्ये आधाभन्दा धेरै स्कुटर एक्लै होण्डाको छ । होण्डाले डिओ, ग्राजिया, एभिएटर र एक्टिभा भर्सनमा स्कुटर बिक्री गर्दै आईरहेको छ ।
नेपालमा स्याकर ट्रेडिङ कम्पनीले डिओका तीन र ग्राजिभाका दुई भेरियण्टका स्कुटर बिक्री गर्दै आईरहेको छ । टीभीएस अहिले नेपाली बजारमा दोस्रो ठूलो स्कुटर ब्राण्ड बन्न सफल भएको छ । टीभीएसले ‘एनटर्क’ मोडेलका स्कुटर विक्री गरिरहेको छ ।

नेपाली बजारमा तेस्रो ठूलो हिस्सा ओगटेको ब्राण्ड यामाहाको सबैभन्दा प्रिमियम स्कुटर बेच्ने ब्राण्ड हो । यामाहाले फेसिनो, रे, एरोक्स जस्ता मोडेलका स्कुटर आयात गरेर बिक्री गर्दै आईरहेको छ ।

प्रतिक्रिया