+
Search

ताजा अपडेट +

पपुलर +

देशकै प्रथम पोस्टबहादुर बहुप्राविधिक शिक्षालय

डबली खबर
१ साल अगाडी

नुवाकोट – पोस्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय पशु विज्ञानतर्फको दोस्रो वर्षको दोस्रो खण्डको नतिजामा देशकै प्रथम बन्न सफल भएको छ ।

विदुर नगरपालिका-२ बान्द्रेमा रहेको शिक्षालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)द्वारा सञ्चालित परीक्षाको नतिजाअनुसार शिक्षालय पशु विज्ञानतर्फ प्रथम बन्न सफल भएको निमित्त शिक्षालय प्रमुख प्रकाश रैलाले जानकारी दिए ।

पशु विज्ञानतर्फ प्रेम तामाङले ८१.२० प्रतिशत ल्याएका छन् भने बाली विज्ञानतर्फ काेशिका देवकाेटाले ८४.४६ प्रतिशत र इशाला राइले ८२.४१ प्रतिशत ल्याएका छन् ।

नुवाकोट र रसुवा जिल्लाकै एकमात्र आंगिक (सरकारी) शिक्षालयबाट पशु विज्ञानतर्फ परीक्षा दिएका २७ जनामध्ये २४ जना उत्तीर्ण भएको छ । नतिजाअनुसार ८८.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन  सफल भएको शिक्षालय प्रमुख रैलाले जानकारी दिए ।

यस्तै, पोस्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय बाली बिज्ञानतर्फ बागमती प्रदेशकै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । नतिजाअनुसार २३ जनामा २० जना उत्तीर्ण (८६.९५प्रतिशत) भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ