+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली साहित्यका तीन सष्ट्रा सम्मानित

nuwakot sahitya 17th anniversary program
डबली खबर
१ साल अगाडी

विदुर – नुवाकोट साहित्य प्रतिष्ठान नेपालले नेपाली साहित्यका तीन सष्ट्रालाई साहित्य सम्मान गरेको छ ।

संस्थाले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा महामण्डल साहित्य सम्मानबाट डा. मञ्जु केसी प्रधान, महामण्डल युवा सम्मानबाट सुरेशबाबु जमरकट्टेल र कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मानबाट टेकनाथ दहाललाई सम्मान गरिएको संस्थाका अध्यक्ष विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा भएको कार्यक्रममा सम्मानित सष्ट्राहरुलाई साहित्यकार नयनराज पाण्डेले दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरेका छन् ।

नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याएकोमा सष्ट्रा सम्मान गरिएको संस्थाका अध्यक्ष सापकोटाले बताए ।

कार्यक्रममा सहभागिहरुले कविता, गजल, मुक्तकलगायतका कला प्रस्तुत गरेका थिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ