+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकका ग्राहकलाई चक्रदेव हस्पिटलमा छुट

prabhu bank and chakradev hospital contracted
डबली खबर
२ साल अगाडी

नुवाकोट – प्रभु बैंक लिमिटेडका ग्राहकहरूले विदुरस्थित चक्रदेव हस्पिटलमा विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने भएका छन् ।

हस्पिटलले उपलब्ध गराउने विभिन्न सेवामा छुटसम्बन्धी सम्झौतामा दुवै पक्षबीच बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट बट्टार शाखाको प्रमुख सुवर्णराज कँडेल र चक्रदेव हस्पिटलका तर्फबाट निर्देशक सुशील पण्डितले हस्ताक्षर गरेका हुन् ।

हस्पिटलको अत्याधुनिक प्रयोगशाला सञ्चालनमा छ ।

प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहक एवम् बैंकका कर्मचारीहरुले सो हस्पिटलले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । जस अन्तर्गत ओ पि डि टिकट र फार्मेसी मा भने छुट पाउने छैनन् ।

बैंकले दिने सेवामा छुट पाउनका लागि प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको क्यूआर कोड, डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलमार्फत बिल भुक्तानी गर्नुपर्ने छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ