+
Search

ताजा अपडेट +

पपुलर +

सिटिजन्स बैंकले ‘पार्टनर फर प्रोग्रेस’ भिडियो प्रतियोगिता गर्दै

citizen bank partner for progress video competition 2081
डबली खबर
१ साल अगाडी

काठमाडौं – सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन पार्टनर फर प्रोग्रेस नामक फेसबुक भिडियो प्रतियोगिताको आयोजना गरेको छ ।

व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले यो प्रतियोगिताको आयोजना गरेको हो ।

भिडियो प्रतियोगिताको उद्देश्य भनेको साथी, आफन्त वा परिवारजनको जो कोही सदस्य वा कुनै संघ संस्था हुनहुन्छ हजुरको प्रगतिको साथी उहाँको साथमा एक भिडियो बनाई जीवनमा सकारात्मक परिवर्तन ल्याउन एक पार्टनरको भूमिका कत्तिको महत्वपूर्ण रहन्छ त भन्ने कुरालाई प्रस्ट्याउने हो ।

एक आम व्यक्तिको पनि वास्तविक जीवनको सफलताको कथा अरुलाई प्रेरणाको स्रोत बन्न सक्ने र यो भिडियो प्रतियोगिताले धेरैलाई प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

आफ्नो प्रेरणादायक कथाहरूलाई छोटो मोवाइल भिडियो वा फेसवुक रिलको रुप दिएर प्रतियोगितामा समावेश हुन सकिन्छ । एक मिनेट सम्मको समयावधि भएको भिडियो बनाएर #partnerforprogress सहित फेसबुकमा भिडियो अपलोड गरि सिटिजन्स बैंकको फेसबुक पेज लाई ट्याग गर्नुपर्नेछ साथै सो भिडियो पव्लिक हुनुपर्नेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिता जेष्ठ महिनाभर सञ्चालन हुनेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ