+
Search

ताजा अपडेट +

पपुलर +

‘भन्दिन तिमीलाई म …’ सार्वजनिक

bhandina music video thumbnail
डबली खबर
१ साल अगाडी

गायक स्वरुपराज आचार्यको स्वरमा सजिएको ‘भन्दिन तिमीलाई म …’ गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ ।

चक्रपाणी तिमल्सिनाको शब्द रहेको उक्त गीतमा तिमल्सीना आफैले संगीत भरेका हुन् ।

संगीत संयोजन गोविन्द मधुर आचार्यले गरेका छन् ।

अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट राजाबाबु चौधरी हुन् । ध्वनी सम्पादन तथा मास्टरिङ प्रकाश मिश्रले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा नायिका रेजिना उप्रेती, संगितकार तिमल्सिना र डिल्लि पोखरेलले अभिनय गरेकाे छ ।

म्युजिक भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् भने यसमा उत्सव दाहालको छायांकन र विष्णु खड्काको सम्पादन रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ