+
Search

ताजा अपडेट +

पपुलर +

चालक प्रशिक्षण केन्द्र सञ्चालनमा

डबली खबर
२ साल अगाडी

नुवाकोट – फागुपूर्णिमाको अवसरमा विदुर नगरपालिकाको बट्टारमा गग्रेश्वर मोटर ड्राइभिङ स्कुल एण्ड ट्रायल सेन्टर सञ्चालनमा आएको छ ।

जिल्लाकै सबैभन्दा ठूलो ड्राभिइङ सेन्टर रहेको दावी गरिएको उक्त ड्राइभिङ स्कुलको विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष निलमबाबु ढुङ्गेलले उद्घाटन गरेका हुन् ।

सीप सिकेर स्वरोजगार बनाउनुको साथै देशमा दक्ष सवारीचालक उत्पादन गरेकोमा वडा अध्यक्ष ढुङ्गेलले धन्यवाद व्यक्त गरे ।

सवारीसाधन चालक अनुमतिपत्र लिन र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नुवाकोटमा ड्राइभिङ स्कुल सञ्चालनमा ल्याएको सञ्चालक निराजन लामिछानेले जानकारी दिए ।

हलुकादेखि हेभी वर्गसम्मका सवारीसाधन चालक बनाउन प्रशिक्षण दिने ड्राइभिङ स्कुलले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ