+
Search

ताजा अपडेट +

पपुलर +

एमाले वडा अधिवेशन : यस्तो हुनेछ तालिका

uml party office nuwakot building
डबली खबर
२ साल अगाडी

नुवाकोट – नेकपा (एमाले)ले पार्टीका जिल्ला तथा पालिका तहका अधिवेशन सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ।

एमाले विदुर कमिटिको फागुन ११ गते शुक्रबार बसेको बैठकले वडागत कमिटीका अधिवेशन सम्बन्धमा निर्णय गरेको हो।

बैठकले पार्टी सदस्यता नवीकरणसँगै वडा र टोल कमिटीका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको नगर अध्यक्ष नविन्द्र प्रधानले जानकारी दिए । विदेशिएका वडाका नागरिकको तथ्याङ्क संकलन गरि पालिका कमिटीमा स‍ोको जानकारी पेश गर्ने निर्णय भएके उनले बताए ।

अधिवेशनको लागि केन्द्रीय कमिटी सदस्य तथा नुवाकोट निर्वाचन क्षेत्र २ क्षेत्रीय पालिका इन्चार्ज विन्दा ढुङ्गानालाई नेकपा विदुर पार्टी सञ्चालन संयन्त्रको संयोजक तोकेको छ ।

अधिवेशन तालिका
वडा नं. १ः २०८० चैत्र ३ गते ।
वडा नं. २ः २०८० चैत्र १६ गते ।
वडा नं. ३ः २०८० फागुन २८ गते ।
वडा नं. ४ः २०८० चैत्र ११ गते ।
वडा नं. ५ः २०८० फागुण २६ गते ।
वडा नं. ६ः २०८० चैत्र १० गते ।
वडा नं. ७ः २०८० चैत्र १० गते ।
वडा नं. ८ः दोस्रो अधिवेशन भइसकेको ।
वडा नं. ९ः २०८० चैत्र १७ गते ।
वडा नं. १०ः २०८० चैत्र ३ गते ।
वडा नं. ११ः २०८० फागुण २५ गते ।
वडा नं. १२ः २०८० फागुण २८ गते ।
वडा नं. १३ः २०८० चैत्र १७ गते ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ