+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली अटोद्वारा टिसर्ट प्रदान

yamaha showroom nuwakot tshirt distributed to bidur city youth club
डबली खबर
२ साल अगाडी

नुवाकोट – यामाहाका आधिकारिक बिक्रेता त्रिशूली अटो प्रालिले विदुर सिटि युथ क्लबलाई टिसर्ट प्रदान गरि सहयोग गरेको छ ।

बिहिबार कम्पनीले एक कार्यक्रमका बीच नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीको उपस्थितिमा त्रिशूली अटोका सञ्चालक विवेक थापाले क्लबका कोषाध्यक्ष तथा महोत्सव व्यवस्थापन उपसमितिका संयोजक सुमन श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

नुवाकोट महोत्सवमा आगन्तुक तथा अवलोकनकर्ताहरुको सवारीसाधन पार्किङ व्यवस्थापन सहजताका लागि क्लबलाई २४ थान टिसर्ट प्रदान गरिएको कम्पनीका सञ्चालक थापाले बताए ।

संघका वरिष्ठ उपाध्यक्ष उप्रेतीले पार्किङ सहज गर्न सहयोग गरी महोत्सवलाई महत्वका साथ लिएकोमा कम्पनीलाई धन्यवाद व्यक्त गरे ।

पार्किङ व्यवस्थापनको लागि यसपटक दुईस्थान तोकिएको छ । एक महोत्सवको मुख्य प्रवेशद्वार अगाडी र अर्को सुखद पाहुना घर नजिकै रहेको छ ।

भोलि माघ २६ गतेदेखि सुरु हुने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने जनाएको छ । २५० भन्दाबढी स्टल रहेको महोत्सव फागुन ७ गतेसम्म सञ्चालन हुनेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ