+
Search

ताजा अपडेट +

पपुलर +

सिटिजन्स बैंकको मोबाइल एपमा थप सुविधा

citizen bank international
डबली खबर
२ साल अगाडी

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको मोबाइल बैंकिङ्ग अनुभव अभिवृद्धि गराउने र वास्तविक डिजिटल बैंकिङ्गको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ्ग एपमा नयाँ सुविधाहरू थप गरेको छ ।

डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको यस बैंकले हाल मोबाइल बैंकिङ्ग एप मार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरूको अतिरिक्त अन्य उपयोगी सेवाहरू समेत थप गरेको छ । अव ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप मार्फत नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेबिट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सीमा हेर्ने जस्ता सुविधाहरू थप गरेको छ ।

बैंकले आफ्ना विशेष ग्राहकहरूलाई लक्षित गरी मोबाइल मार्फत नै प्रिभिलेज बैंकिङ्ग सेवा समेत सुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ्ग एप मार्फत नै प्रिभिलेज सेवाहरू प्रदान गर्नेछ ।

यस सेवा अन्तर्गत ग्राहकहरूले बैंकका तोकिएका सम्पर्क अधिकृतहरू मार्फत बिना झन्झट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नुहुने छ । सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपलाई नयाँ प्रयोगकर्ता इन्टरफेसमा अपग्रेड गरिएको छ जसले प्रयोगकर्ताको अनुभव बढाउँछ । लगइन मेनु पनि पुनस् संगठित गरिएको छ जहाँ स्मार्ट सेवाहरू, स्मार्ट प्रस्तावहरू, ईएमआई क्याल्कुलेटर र विदेशी मुद्रा आइकन छुट्टै ब्लक डिजाइनमा राखिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ