+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

“आत्महत्या न्यूनीकरणमा लागौं”: प्रहरी प्रमुख थापा

“आत्महत्या न्यूनीकरणमा लागौं”: प्रहरी प्रमुख थापा
डबली खबर
२ साल अगाडी

विदुर – नुवाकोट जिल्लामा बढ्दै गईरहेको आत्महत्याको घटना न्यूनीकरणमा आमनागरिक लाग्नुपर्ने प्रहरी उपरीक्षक प्रहरी प्रमुख सञ्जयसिंह थापाले बताएका छन् । मंगलबार नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको एक कार्यक्रममा प्रहरी प्रमुख थापाले उक्त भनाई राखेका हुन् ।

जिल्लामा विगत केहिसमयको अन्तरालमा आत्महत्याको घटना घटिरहेको हुनाले नागरिक समाज, उद्योगी, व्यापारी, मानवअधिकारवादी लगायतले यस्ता घटना घट्न नदिन र आत्महत्या अपराध नभई स्वास्थ्य समस्या भएकाले सामाजिक सद्भाव कायम राख्नुपर्ने थापाले बताए ।

आमानागरिकको जीवनशैलीको कारण यस्ता अवान्छित घटना घट्नुभन्दा घटनाको समयमा पीडकमा पिडाबोध हुने समयलाई मध्यनजर गर्दै यस्ता समाज विग्रह गतिविधिलाई रोकथाममा सबै लाग्नुपर्ने बताए ।

आगामी दिनमा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रहरी कार्यालयले सचेतनामूलक कार्यक्रम गर्ने प्रहरी प्रमुख थापाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ