sujim advert

प्रहरी प्रमुख थापालाई उद्योग वाणिज्य संघले गर्यो स्वागत

डबली खबर     अशोज ९, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

nccinuwakot organized welcoming to police chief sanjay singh thapa in nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – नुवाकोट उद्योग वाणिज्य संघले मंगलबार संघको सचिवालयमा एक समारोहबीच जिल्ला प्रहरी कार्यालयका नवआगन्तुक प्रहरी उपरीक्षक प्रहरी प्रमुख सञ्जयसिंह थापालाई स्वागत गरेको छ ।

संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले विगत लामो समयदेखि उद्योग वाणिज्य संघ नुवाकोटको सम्बन्ध प्रहरी प्रशासनसँग सुमधुर रहदै आएको बताउँदै आगामी दिनहरूमा पनि सम्बन्ध अझ बढी प्रगाढ रहने अपेक्षा व्यक्त गरे । उनले जिल्लाको आर्थिक, समाजिक एवं समग्र विकासका लागि प्रहरी कार्यालयसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

संघका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटाले संघको विगतदेखि वर्तमानसम्मको इतिहासका बारेमा जानकारी गराउँदै संघ व्यवसायीहरूको संस्था भए तापनि सामाजिक उत्तरदायित्वको कार्यमा पनि निरन्तर लागि रहको बताए ।

संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जिल्लाको वस्तुस्थितिबारे प्रहरी प्रमुखलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा प्रहरी प्रमुख थापाले नुवाकोट आर्थिक, सामाजिक एवम् रणनीतिक हिसाबले महत्वपूर्ण जिल्ला भएको बताउँदै उद्योगी व्यापारीको समस्या समाधान गर्नका साथै निजी क्षेत्रको उत्थानका लागि प्रहरी सदैव सहकार्य गर्न तयार रहेको बताए । साथै जिल्लाको शान्ति, सुरक्षा कायम राख्न कटिबद्ध रहने र कानुन प्रावधानमा रहेर व्यापार व्यवसाय गर्न सबैमा अनुरोध गरे ।

कार्यक्रममा संघका पदाधिकारी लगायत नुवाकोट निर्माण व्यवसायी, वन पैदावार, होटल व्यवसायलगायतका प्रतिनिधिहरुले जिल्लामा सञ्चालनमा रहेका विषयगतका व्यवसायको वस्तुस्थिति र समस्याबारे प्रहरी प्रमुख थापा समक्ष राखेका थिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top