+
Search

ताजा अपडेट +

पपुलर +

एनयुएफसी फुटसल भाद्र २० गतेदेखि

indoor futsal
डबली खबर
२ साल अगाडी

विदुर – नुवाकोट युनाईटेड फुटबल क्लबको आयोजनामा दोस्रो संस्करण फुटसल कप प्रतियोगिता यही भदौ २० देखि २३ गतेसम्म बट्टारमा हुने भएको छ ।

क्लबको आयोजनामा नुवाकोट फुटसलमा हुने विद्यालय जिल्लास्तरीय प्रतियोगितामा छात्र र छात्रा दुई विधामा खेलाईने क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।

सहभागिताको लागि भाद्र १७ गतेसम्म समुह दर्ता गराउनुपर्नेछ ।

प्रतियोगिताको दर्ता शुल्क छात्र समुहको लागि २५ सय र छात्राको लागि १५ सय तोकिएको छ । नकआउटका आधारमा हुने प्रतियोगिताको विजेता र उपविजेताले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, स्कोरर र उत्कृष्ट प्रशिक्षकले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ