+
Search

ताजा अपडेट +

पपुलर +

गुणस्तरीय शिक्षा बढाउन सडकनाटक “सङ्कल्प” प्रदर्शन

street dram for education
डबली खबर
३ साल अगाडी

नुवाकोट – शिक्षाको गुणस्तर बढाउन पञ्चकन्या गाउँपालिकामा जनतेचनामूलक सडकनाटक “सङ्कल्प” प्रदर्शन गरिएको छ ।

गाउँपालिकाको आयोजनामा ‘आदिइत्यादि’को प्रस्तुति रहेको चेतनामूलक सडकनाटक जेठ ७ गते देखि १० गतेसम्म गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा प्रदर्शन गरिएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए।

नाटक समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तामाङले विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षा क्षेत्रका चार खम्बाहरु हुन् यी चारवटा मध्य एउटा खम्बा मात्रै कमजोर भयो भने पनि हामीले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने बताए । शिक्षाको गुणस्तर बढाउन गाउँपालिका प्रतिबद्ध रहेको अध्यक्ष तामाङले बताए ।

“विद्यार्थीले राम्रो पढ्न पर्यो । शिक्षकले राम्रो पढाउन पर्यो । अभिभावकले पनि आफ्ना छोराछोरीको पढाई, आचरण लगायतका विषयमा बुझ्न नियमित विद्यालयमा जानु पर्यो,” अध्यक्ष तामाङले भने “विद्यालयको भौतिक संरचनामा पनि हामीले ध्यान दिन जरुरी छ ।”

गाउँपालिका उपाध्यक्ष बिमला केसीले शिक्षा क्षेत्रमा रहेका विकृतिहरु पन्छाउन पर्ने कुरामा जोड दिईन् ।

“छोराछोरीलाई निजी स्कुलमा भर्ना गर्दैमा पढाइ राम्रो हुन्छ भन्ने मान्यता राख्छौँ त्यो गलत हो,” उपाध्यक्ष केसीले भनिन् “सामुदायिक विद्यालयहरुले पनि उत्कृष्ट नतिजा दिन सक्ने सन्देश पनि नाटकले दिएको छ।”

पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक सङ्कल्प प्रदर्शन रहेको नाटकमा सुशीलसिंह ठकुरी, अनामिका लामिछाने, दीपमाला परियार, शान्ति भट्टराई, रविन दोङ्, गंगा मगर र प्रज्ज्वल अधिकारीको अभिनय रहेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ